दार्जीलिङ: हामीले पञ्चायती राज फर्कायौं भनेर ढोल पिट्ने काम नगरून् बरू पञ्चायतीराज फर्कायौं भन्नेहरूले फर्जी टेट परीक्षाको पैसा फिर्ता गरेर देखाऊ भनी हाम्रो पार्टीको अध्यक्ष अजय एउवाडर्सले बताएका छन्। दार्जिलिङस्थित गोर्खा दुःख निवारक सम्मेलन भवनमा हाम्रो पार्टीले उम्मेद्वारहरूलाई बधाई र सम्बर्ध्दना जनाउने कार्यक्रमको आयोजना गरेको थियो। आयोजित कार्यक्रममा पार्टी प्रमुख अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटिया, उपाध्यक्ष रोबर्ट छेत्री, प्रवक्ता श्याम गौतम आदि उपस्थित रहेका थिए। कार्यक्रममा आगमी ८ जुलाईको दिन मतदान हुन गईरहेको ग्राम पञ्चायत र पञ्चायत समितिको चुनावमा खडा भएका उम्मेद्वारहरूलाई पार्टी अध्यक्ष अजय एडवाडर्स र पार्टीको शीर्ष नेतृत्वहरूको बाहुलीबाट खदा लगाएर अब जनताको राज,लेखिएको झोला प्रदान गरिएको छ। आयोजित सभालाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, ‘जीटीए सत्ता दलको नेतृत्वहरूले हामीले पञ्चायती राज फर्कायौं भन्दै ढोल पिट्दै हिँडदैछ तर पञ्चायत चुनाव पहाडमा मात्र होइन राज्यभरि नै हुन गईरहेको छ। यदि तिमीहरूले फर्काउन सक्छौं भने फर्जी टेट परीक्षा गराएको पैसा फर्काई देऊ। कोरोना संक्रमणकालमा चिया श्रमिकहरूको नाममा संग्रह गरेको पैसा श्रमिकहरूलाई फर्काई देऊ।’
उनले अघि भने भागोप्रमोको नेतृत्वहरूले गाउँ समाजहरूलाई गाउँमा बाटो बनाई दिने,समाज घर बनाई दिने जस्ता प्रलोभनहरू देखाउँदै हाम्रो पार्टीको उम्मेद्वारहरूलाई नामाकंन पत्र फिर्ता गर्न बाध्य बनाए,चका थिए। हामीले कसैलाई नामाकंन पत्र फिर्ता गरेर भनेर भनेका छैनौं। चुनाव भनेको एक दिनको फुटबल म्याच हो। हामी त्यो म्याच खेल्न तयार छौं तर उनीहरू म्याच खेल्नदेखि डराएको छ।’
उनले अझ भने, ‘जीटीए बोर्ड गठन भएको एक वर्ष बित्यो। जीटीए चुनावमा ज-जसले मोम बत्तीलाई आफ्नो मत प्रदान गरयो,त्यही मोम बत्तीले फर्जी टेट परीक्षाको परिणाम जलाए। गरीब परिवारहरूको रिलिफ फण्डको बैंक एकाउण्ट जलाए। स्कूल सञ्चालन समिति हुने जलाए। फर्जी पर्जा पट्टा थोप्न खोजेको थियो। यस्ता धेरै कार्यहरू गरेको छ। पहाडको जनतालाई तिमीले साच्चै नै माया गर्छौं भने प्रत्येक साल ९० जना विद्यार्थी नानीहरूले यहाँको अस्पतालहरूमा नर्सिङ टेनिङ गर्ने अवसर पाउँथे, त्यो पुनः फर्काईदेउ। पहाडको सरकारी कार्यालयहरूमा रहेको खाली पदहरूमा पहाडकै युवा युवतीहरूलाई नियुक्ति गर। जीटीएमा कार्यरत् अस्थायी कर्मचारीहरूलाई स्थायीकरण गर।’
हाम्रो पार्टीको अध्यक्ष अजय एडवर्डले भने, ‘अनित थापाले मञ्चमा आएर भन्ने गर्छ क्षेत्रीयता बचाउनुपर्छ भन्छ ठीकै हो। हामीले हाम्रो क्षेत्रीयता बचाउन नै पर्छ तर तिमी जुन पार्टीको कठपुतली भएको छौं त्यही पार्टीको सरकारले हाम्रो दाजु भाइ, दिदी बहिनीहरूलाई गोली ठोकेर हत्या गरेको हो। जून पार्टीले तपाई हामीलाई अनुप्रवेशकारी भन्दैछ त्यस्तो पार्टीसँगको गठबन्धन तोडेर देखाउ हामी भाजपासँगको गठबन्धन चुट्कीमा तोड्नेछौं।’ जीटीए चुनावमा जीत हाँसिल गरेपछि जनतालाई आभार जनाउनको साटो, कोलकता पूगेर राज्यकी मुख्यमंत्री ममता ब्यानर्जीलाई तिम्रो साथ कहिले छोडने छुइने भन्नेलाई यस पटक हामीले सवक सिकाउनु पर्छ अध्यक्ष एडवाडर्सले भने।











