सोनादा: आशारिका फाउण्डेसन सोनादा रंगबूललाई तीनजना शुभचिन्तकहरु रिधिमा तामाङ टीएन रोड सोनादाबाट ५,००० (पाँच हजार) साथै बंगला डाँडा रंगबूल निवासी जोत्सना तामाङद्वारा ५,०००(पाँच हजार) प्रदान गरिएको छ। त्यसरी नै अर्को आशारिकाको शुभचिन्तक मिलिङ चियाबारीबाट ५,०००( पाँच हजार) र रंगबूल गणेश मन्दिरबाट ३,००० ( तीन हजार) बालसानस्थित बन्द चियाबारीका बिरामी आशिष राईलाई आर्थिक सहयोग उपलब्ध गराएका थिए। आशिष राईको परिवारमा आमाले केही काम गरेर बिरामी छोरोको हेरचार गरिरहेका छन्। उनीहरुको दुःख अवास्था देखेर आशारिका फाउन्डेसन सोनादा रंगबूलद्वारा आर्थिक सहयोग गरिदिने घोषणा गरिएको थियो। आजको कार्यक्रममा आशारिका फाउन्डेसनका सभापति रित्विक तामाङ, सचिव रुपेश छेत्री र फाउन्डेसनका प्रचार प्रसार सन्तोष लामा उपस्थित थिए। अन्त्यमा आशारिका फाउन्डेसनले क्यान्सर बिरामीहरुलाई मात्रै आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ।यो मोठ रकम जम्मा १८,००० (अठार हजार) रुपियाँ उनको आमालाई हास्तन्तरण गरिएको जानकारी प्राप्त भएको छ।










