खरसाङ: यसपालीको पञ्चायत चुनावमा निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेका प्रार्थी सत्यवान छेत्रीले सांसद राजु विष्टलाई निशाना गर्दै पञ्चायत चुनाव गाउँ समाजको लड़ाई हो तर हामीले संसदमा बोल्नु पठाएको मान्छे अहिले नाला र झोड़ामा घुमिरहेको आरोप लगाएका छन्। सत्यवान छेत्रीले सांसद राजु विष्टलाई २०१९ मा हाम्रो मुद्दालाई हेरेर चुनावमा जिताएको र राजु विष्टलाई जिताउँदा १२ वर्ष जेल बसेर आएको भन्दै सांसदलाई शुन्यकालमा मात्र बोल्नु पठाएको होइन तर हाम्रो मूल मुद्दालाई पार लगाउनु भनेर जिताएर पठाएको बताएका छन्। सत्यवान छेत्रीले पञ्चायत चुनावमा गाउँ घरको लड़ाई हो र सबै प्रार्थीहरू आफ्नै बलबुँदामा पञ्चायत चुनाव लड्नु पर्ने सुझाव राख्दै ठूल्ठाला नेताहरूका पोस्टर राखेर होइन तर गाउँ समाजका लागि आफै के गर्न सक्छु भनेर चुनाव लड्नु पर्ने सुझाव दिएका छन्। उनले दार्जिलिङका भाजपा सांसद राजु विष्ट अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाप्रति कटाक्ष गर्दै गाउँमा प्रार्थी आफैले काम गर्नु पर्ने बताएका छन्। सत्यवान छेत्रीले यसपाली आफु निर्दलीय प्रार्थीको रुपमा चुनाव लड़िरहेको बताउँदै पञ्चायत चुनाव भनेको गाउँ बनाउने चुनाव हो। यस चुनावमा स्थानीय तौरमा नै चुनाव लड्नुपर्छ भन्दै ठूल्ठाला नेताहरूका पोस्टरमा राखेर हुँदैन। ती ठूला नेताहरू आएर गाउँको विकास गर्न सक्दैन तर प्रार्थी आफै नै गाउँको विकास गर्नलाई कतिको योग्यको छु त्यो हेर्नुुपर्छ भन्दै सबै जनतालाई गाउँ घरको विकास गर्न सक्ने योग्यको प्रार्थीलाई भोट दिएर जिताउने आह्वान् गरेका छन्। उनले यसपाली चुनावमा निर्दलीय प्रार्थीको रुपमा उठेको कारणले गाउँमा कतिवटा अड्केर बसेको कुराहरू पनि भईरहेको र म चुनावमा उठ्नु नै गाउँको विकास हुन्छ भने ठीक छ भनी बताएका छन्। उनले यसपालीको पञ्चायत चुनावमा कुनै राजनैतिक पार्टीको झण्डाहरू र ठूलो नेताको अनुहार होइन तर प्रार्थीको अनुहार हेरेर साथै प्रार्थीको क्षमता हेरेर भोट हालेर जिताउने अाह्वान् गरेका छन्। उनले जसले गाउँ विकासको लागि र समाजको हित र उन्नतिको लागि काम गर्छ उसैलाई भोट दिएर जिताउने निवेदन पनि गरेका छन्।
								



								

															
                    



