जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः रोमाञ्चक म्याचमा मावरिक स्पोर्टिंग क्लब विजयी

photocollage_2023624165734221.jpg

२४ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगमा मावरिक स्पोर्टिंग क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा शनिवार खेलिएको म्याचमा मावरिक स्पोर्टिंग क्लबले ग्लेनबर्न युनाइटेड फूटबल क्लबलाई ३-२-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विजेता टीमबाट मनोज सुब्बाले २ र एमाराल्ड तामाङले १ गोल गरे। यसरी ग्रेनबर्न युनाइटेडबाट साहिल गुरुङ र सञ्जोक राईले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement