लखनऊ: उत्तर प्रदेशको महाराज जनपदको लाइन तोला ग्राममा नेपालको बाटो हुँदै भारत पुगेको २१ पेटी अवैध रक्सी आबकारी विभाग र सशस्त्र सीमा बलको संयुक्त कारबाहीमा बरामद गरिएको छ। नेपाल मार्का रक्सी बरामद भएको हुनाले आबकारी विभागको टीम अझ् सक्रिय भएको छ। जिल्ला आबकारी अधिकारी जितेन्द्र पाण्डेयअनुसार, नेपालमा किशमिशले बनिने रक्सीको भारतका केही हिस्साहरूमा माग भएकोले यसलाई यहाँ ल्याएर बेचिन्छ। केही दिनअघि आबकारी विभागका निरीक्षक वैभव कुमार यादवलाई नेपालबाट महाराजगंज जिल्लामा रक्सीको खेप आइपुग्ने सूचना प्राप्त भयो। यही सूचनाको आधारमा ग्राम लाइन तोलामा घेराबन्दी गरियो र खेतहरूबीच लुकाएर राखिएको २१ पेटी रक्सी उद्धार गरियो। पेटीहरूमा मदिराको कूल ६३० शीशी जफत गरिएको छ।
उनले थप भने, ‘यस अपरेशनमा सशस्त्र सीमा बलका जवानहरूको पूरा सहयोग पाइयो। नेपालबाट भइऱहेको रक्सीको तस्करीलाई रोक्न सशस्त्र सीमा बलले दिनरात निगरानी राख्दछ। अपरेशनमा जवानहरूको उपस्थितिले धेरै नै सहयोग पाइयो। घटनास्थलबाट कोही पक्राउ भएन। अघिको कारबाही जारी छ। -हिस