फर्जी जाति प्रमाण पत्र मार्फत नौकरी पाउने सिपाहीहरू विरूद्ध एफआईआर

00-1-Rashtriya-Samachar-20

लखनऊ: उत्तर प्रदेश पुलिस एवं प्रोन्नति बोर्डले दुई सिपाहीविरूद्ध हुसैनगंज थानामा शिकायत दिएर मामिला दर्ता गराएको छ। यी दुवैले भर्ती परीक्षा २०१८ मा फर्जी जाति प्रमाण पत्र दिएर नौकरी पाएको आरोप छ। क्षेत्राधिकारी सैय्यद मोहम्मद असगरको शिकायतअनुसार, फर्जी जाति प्रमाण पत्र लगाएर नौकरी पाउने सिपाहीहरूको नियुक्ति रद्द गरिएको छ। उनीहरू विरूद्ध एफआईआर दर्ता गराइएको छ।

जानकारी अनुसार, सन् २०१८ मा पुलिस भर्ती परीक्षामा कानपुर नगरको चकेरीमा बस्ने अमन कुमार एवं न्यू आजाद नगर निवासी अमित कुमारले लिखित र शारीरिक परीक्षा पास गरे। अमनले कौशाम्बीमा ड्यूटी जोइन गऱ्यो जबकि अमित कुमार ३७औं वाहिनी कानपुर पीएसीमा प्रशिक्षण प्राप्त गर्न थाल्यो। यसलाई लिएर नरेन्द्र कुमार उर्फ बाबा नाम गरेको एक युवकले भर्ती बोर्डलाई शिकायत पत्र पठायो। यसमा अमित र अमनविरूद्ध फर्जी जाति प्रमाण पत्रको आधारमा नौकरी पाएको आरोप लगाइयो। मामिला प्रकाशमा आएपछि जब यसको जाँच गराइयो तब राजस्व निरीक्षक र लेखापलले दुवै फर्जी रहेको पुष्टि गरे। यस मामिलामा दर्ता रिपोर्टको आधारमा हुसैनगंज पुलिसले जाँच गरिरहेछ। -हिस

About Author

Advertisement