गान्तोक: सिटिजन एक्सन पार्टीका प्रमुख संयोजक गणेश कुमार राई विरुद्ध मल्ली थानामा प्राथमिकी दर्ता भएको छ। यो प्राथमिक मल्ली डाँडाका वासिन्दाहरूले गरेको बताइएको छ। प्राथमिकीको आधारमा मल्ली थानामा भारतीय दण्ड संहिताको धाराहरू ४२०, ४६८, ४०६, ४१९, ४७१, १२०बी अन्तर्गत मामिला दर्ता भएको छ। थाहा लागेअनुसार गणेश कुमार राई मल्ली डाँडा बहुउद्देश्यीय सहकारी समितिको अध्यक्ष हुँदा फण्ड दुरपयोग गरेको आरोप लगाइएको छ। पुलिसले गैर जमानती धारामा आज मामिला दर्ता गरेर छानबिन शुरु गरेको छ।











