मुख्यमन्त्रीद्वारा नौमती सांस्कृतिक धरोहर केन्द्रको शिलान्यास

IMG-20230623-WA0422.jpg

गान्तोक। पश्चिम सिक्किमको गेजिङ बर्मेक समष्टिअन्तर्गत बर्मेक मार्तामा नेपाली जातिको पारम्परिक नौमती संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्न राज्य सरकारद्वारा ८ करोड़ २१ लाख रुपियाँको लागतमा निर्माण हुनगइरहेको नौमती सांस्कृति धरोहर केन्द्रको आज मुख्यमन्त्री प्रेमसिंह तामाङले विधिवत शिलान्यास गरे। १.६७ एकर जमीनमा स्थापना हुने यो संस्कृतिक धरोहर केन्द्र आफ्नो प्रकारको विश्वको पहिलो नौमती संरक्षण केन्द्र हुने दावी गरिएको छ। आज बिहान यस परियोजनाको शिलान्यास राख्नुको साथै मुख्यमन्त्री तामाङले यसको भूमि पुजनमा पनि सहभागिता जनाएका थिए।
आगामी दुई वर्षमा निर्माणकार्य पूरा हुने बताइएको यस नौमती धरोहर सांस्कृति केन्द्र निर्माणको निम्ति सिक्किम सरकारको सांस्कृतिक एवं धरोहर मामिलाले पहिलो चरणमा ८ करोड़ २१ लाख रुपियाँ आवण्टन गरेको छ। यस परियोजनाअन्तर्गत कूल आठवटा दुई तल्ले भवन निर्माण हुनेछ जसमा मनोरञ्जन तथा व्याख्यान केन्द्र, पाँचवटा लाइभ वर्कशप, रेस्तुराँ, एकसाथ १५० जना अटाउने बहुदेश्य हल, इण्डोर स्पोर्ट्स कक्ष, यूथ हस्टेल, ओपन एयर थिएटर, कार पार्किङ, पारम्परिक प्रवेश द्वार, रेन वाटर हार्भेस्टिङ ट्याङ्क आदि निर्माण गरिनेछ।

About Author

Advertisement