असामाजिक तत्वहरूले भाजपाको कार्यालयमा आगजनी

IMG-20230623-WA0176.jpg

कार्यालय जलेर स्वाहा

सिलगढी: सिलगढी: सिलगढी भारतीय जनता पार्टी मण्डल नम्बर ४ को पार्टी कार्यालयमा गत अबेर राति कथित रूपले आगो लागेर जलेको घटना सामु आएको छ। भाजपा कार्यकर्ताहरूले आरोप लगाए अनुसार गत अबेर राति जानी बुझी नै भाजपा कार्यालयमा आगो लगाइ दिएको हो। आज शुक्रवार बिहान सिलगढीको वार्ड नम्बर २३ मा सूर्यनगर मैदान सामु रहेको भाजपा कार्यालय खोल्न जाँदा स्थानीय भाजपा कार्यकर्ताहरूले कार्यालय जलेर सबै सर- समानहरू खाक भएको देखे। तथापि आगो कसले लगायो अथवा के कारणले कार्यालयमा आगो लाग्यो भन्ने बारे वास्तविक कारण अझसम्म स्पष्ट भएको छैन। तर, स्थानीय भाजपा नेतृत्वहरूले यो घटना पछि राज्यको सत्तारूढ पार्टीको हात रहेको आरोप लगाएका छन्।

भाजपाका सिलगढी विधायक शंकर घोषले घटनाको कडा निन्दा गर्दै दोषीहरूलाई कारबाही गर्न माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement