जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगः घूम जोरबंग्लो स्पोर्टिंग क्लब विजयी

IMG-20230623-WA0288.jpg

२३ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको आयोजनमा आजदेखि शुरु जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले आफ्नो म्याच जित्यो। दार्जीलिङको लेबोंग स्टेडियममा शुक्रवार खेलिएको जशोदा गिरी स्मृति फर्ष्ट डीविजन लीगको उद्घाटन म्याचमा घूम जोरबंग्लो स्पोर्टिंग क्लबले अभिवृद्धि स्पोर्टिंग क्लब, सुकियालाई २-०-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट सौरभ बराईली र छेवांग तामाङले गोल गरे। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

Advertisement