गाउलेहरूले पक्का सडक काटेर नाला निर्माण

राजगञ्ज। रायगञ्जको बिन्नागढी ग्राम पञ्चायत छोटा सीतागढीमा लगातार पानी परेपछि यस गाउँको २० परिवार जलमग्न बनेको थियो। यस इलाकामा जल निकासीको व्यवस्था नभएकोले सर्वसाधारण समस्यामा परेका थिए। जलमग्न बनेपछि यी गाउँलेहरू सबै मिलेर गाउँ पस्ने पक्का सडक काटेर नाली बनाइ पानी निकासी गरियो। यस भेकका मानिसहरूको भनाईअनुसार पानी पर्न थालेपछि प्रतिवर्ष नै यो गाउँ जलमग्न हुन्छ। यस वर्ष पनि गत तीन दिनदेखि जलमग्न बनेको छ तर हालसम्म पन्चायतको कुनै सदस्य यस गाउँको समस्या बुझ्न नआएको गुनासो पनि पोखेका छन्। यसैले उनीहरू बाध्य बनेर पक्की सडक काटेर नाला बनाएका हुन भनी त्यहाँका मानिसहरूको भनाई रहेको छ। यसरी बाटो काटेर नाली बनाएको कारण यदि कुनै ट्राफिकको समस्या हुने भएता पनि आफुहरूसित अरु विकल्प नरहेको पनि तिनीहरूले बताएका छन्। यस सम्बन्धमा जान्न चाँहदा स्थानीय पन्चायत सदस्य सन्जित दासले बताएअनुसार एउटा कल्भर्ट बनाउनका लागि ग्राम पञ्चायतमा एक्सन प्लान दिएको छ।तथापि त्यस गाउँमा पसेको पानी निकालेर त्यहाँका मानिसहरूको समस्याको समाधान गरिने व्यवस्था गरिनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *