मार्गरिट्सहोप चियाकमानमा शहीद दिवस पालन

सोनादा। सोनादा जोनल मार्गरेटस होप क्रान्तिकारी माक्सवादी कम्युनिस्ट पार्टीको श्रमिक एकाइ दार्जिलिङ तराई डुवर्स चियाकमान मजदुर युनियनद्वारा मार्गरेट्सहोप चियाबारीमा शहीद दिवस पालन गरेका छन्। २५ जून १९५५ सालमा भारतभरि नै पहिलो चियाबारी श्रमिक आन्दोलनमा त्यसताक श्रमिकहरूको हक र अधिकार जस्तै श्रमको मूल्य, स्वास्थ्य सुविधा (सुत्केरी भद्दा) हट्टा बाहिरा एवं बुनियादी सुख सुविधाको जोडदार मागको निमित्त साम,दाम,दण्ड, भेद पूर्व घात वा तम्तयार बसेका त्यसताकका सरकार एवं प्रायोजित व्यवस्थापन प्रशासक, प्रशासन विरुद्ध अधिकारको लागि लड्दा लड्दै आफ्नो प्राणको आहुति दिने छ जना शहीदहरूको स्मृतिमा शहीद दिवस पालन गरेका छन्। ती छजना वीरविरङ्गहरुप्रति श्रद्धा सुमनसहित भवाभिनी श्रद्धाञ्जली समारोह सम्पन्न गरियो। सभाको प्रारम्भ दातडुचिकमयू ट्रेड युनियन सोनादा जोनल दोस्रो सचिव एवं आञ्चलिक/ महापरिषद सदस्य आरके राईको बाहुलीबाट झण्डा उत्तोलन गरियो। पार्टी संस्थापक सदस्य आरपी पाखरीनको बाहुलीबाट शहीद वेदीमा माल्याअर्पण, जेके सुब्बाद्वारा दिप प्रज्वलन अनि उपस्थित पार्टी कार्यकर्ताहरूद्वारा पुष्पा अर्पण गरियो। स्वागत भाषण जेके सुब्बाले गरे अनि वक्ताहरूले वक्तव्य राखेपछि सभाको अन्त्यमा श्रद्धेय आरपी पाखरिनद्वारा अन्तिम वक्तव्य एवं सभा समापन गरियो भनी जानकारी प्राप्त भएको छ।

About Author

Advertisement