चोटसँग जुझिरहेका लुईस सुआरेजले सन्न्यास लिने सम्भावना

IMG-20230623-WA0236.jpg

२३ जूनः एक समय स्पेनिश क्लब बार्सिलोनाबाट लियोनल मेस्सीसँग खेल्दै गोलको वर्षा गर्ने स्टार स्ट्राईकर लुईस सुआरेजले घुँड़ाको चोटले गर्दा चाँड़ै अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिन सक्छन्। उरुग्वेका यस खेलाड़ीले चोटबाट मुक्ति पाउन अहिले प्रतिदिन इञ्जेक्शन लिइरहेका छन्। ब्राजीलको क्लब ग्रेमियोबाट खेल्ने सुआरेजको फर्ममा पनि ह्रास आएको छ। ३६ वर्षीय सुआरेजले क्लबको निम्ति अहिलेसम्म सबै टुर्नामेण्ट मिलाएर २५ वटा म्याच खेलेका छन्। उनले हालै चोटले गर्दा ६ वटा म्याच खेल्न सकेनन्। ग्रेमियो क्लबका अध्यक्ष अल्बर्टा गुएराले सुआरेजलाई असहनीय पीड़ा भइरहेको अनि यसबाट छुटकारा पाउन उनले प्रतिदिन इञ्जेक्शन लिइरहेको दावी गरेका छन्। उनले भने, उनलाई धेरैवटा इञ्जेक्शन अनि औषधीको आवश्यकता छ तर यसलाई लिने पनि सीमा छ। उनले कहिलेसम्म यसको प्रयोग गर्नेछन् भन्ने जानकारी प्राप्त भएको छैन। सुआरेजले घुँड़ाको सर्जरी गराउने सम्भावना पनि रहेको छ। उनले आफ्नो चोटबारे धेरैपल्ट बताइसकेका छन्। उनले पहिला आफ्नो स्वास्थ्यको ध्यान राख्नु पर्नेछ। यसैकारण यस चोटले गर्दा उनले सन्न्यास पनि लिन सक्छन् अनि यसले हामीलाई ठूलो नोक्सान हुनेछ। क्लबसँग सुआरेजको अनुबन्ध आउँदो वर्ष समाप्त हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *