साईराम च्यारेटेबल ट्रस्टद्वारा डा. अम्बेडकर विधालयलाई  कम्युटर प्रदान

00-1-IMG-20230622-WA0372

मङपू: मङपूका एक शैक्षिक संस्थान डा. अम्बेडकर एजुकेशन एन्ड वेलफ्यार ईन्स्टिच्युटलाई  साईराम च्यारेटेबल ट्रस्ट समुहले एउटा कम्प्युटर प्रदान गरेको छ। समाजसेवी विक्रम राईको अगुवाईमा आएका टोलीले विधालय परिवारलाई कम्प्युटर सेट प्रदान गर्नुका साथै विक्रम राईले विधालयको फेनसिङ गरिदिने अनि मासिक दुई हजार  गरेर विधालय परिवारलाई दिने वचन दिएका छन्। संस्थाका सभापति  सुब्रतो माझी प्रमुख संरक्षक साहेब चटोपाध्य, अमित मिश्र साथै अन्यको बाहुलीबाट विधालय परिवारलाई कम्प्युटर सेट प्रदान गरिएको छ। संस्थाका प्रमुख तथा अभिनेता साहेब चटोपाध्यले मङपू एकदमै राम्रो लागेको बताउँदै आउँदो दिनमा विधालयलाई अझ धेरै सहयोग गर्ने बताए। स्मरण रहोस्, साई राम च्यरेटेबल ट्रस्टले कोरोना कालको समयमा  मङपू-सिटोङमा खाद्यन्न समाग्री वितरण गरिसकेका छन् भने स्थानीय  बिरामीहरुलाई सेवा पुराउनुको साथै आर्थिक सहयोग गरिरहेका छन्।

About Author

Advertisement