राजगञ्ज। आज नोधाबारी गाउँमा जम्मा १६३ जनालाई पट्टा वितरण गरियो। उक्त गाउँ राजगञ्ज ब्लक अन्तर्गत पर्ने गर्छ। राजगञ्ज ब्लकको मन्तादारी ग्राम पञ्चायत अन्तर्गत पर्ने नोधाबारी गाउँको दुर्गा मन्दिर परिसरमा सम्पन्न सो पट्टा वितरण कार्यक्रममा आज राजगञ्ज विधायक खगेश्वर राय, एडीएम रञ्जन चक्रवर्ती, जिल्ला परिषदका कर्माध्याक्ष देवाशीष प्रमाणिक, डीपीएससी चेयरम्यान लक्ष्यमोहन राय, राजगञ्ज पञ्चायत समितिको चेयरम्यान पूर्णिमा राय, राजगञ्ज बीडीओ पङ्कज कोनार आदिको मुख्य उपस्थिति रहेको थियो।
विधायक खगेश्वर रायले मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणाले औ राजगञ्ज पञ्चायत समितिको सहयोगितामा आज मन्तादारी ग्राम पञ्चायत क्षेत्रको १६३ जना बासिन्दाहरूलाई जमीनको पट्टा वितरण गरिएको र आगामी दिनमा पनि अझै जमीनको पट्टा वितरण गरिने जनाएका छन।