गाडीधुरा बजारको परिचय बोकेको पुरानो वरको रूख ढल्यो

IMG-20230623-WA0210.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरा बजारमा अवस्थित गाडीधुरा बजारको परिचय गराउने दुईवटा रूख बर र पिपलमध्ये बरको रूख केही दिनदेखि परेको अविरल वर्षाको कारण डलेको छ। रात्रीको समय डलेको यस रूखले कुनै ज्यान मालको खति भने गरेको छैन। स्थानीय गाडीधुरा निवासी तथा भागोप्रमो गाडीधुरा खण्ड समिति अध्यक्ष सुवास छेत्रीले जानकारी दिए अनुसार यी दुई वर र पिपलको रूख १३ जुलाई १९५० सालमा रोपिएको बताए। यी दुई रूखहरू त्यसबेला स्व तारावीर छेत्रीले आफ्नो दिवांगत सुपुत्री चन्द्र कुमारी छेत्रीको नाममा रोपेका थिए भने त्यसबेला यो वर र पिपलको विवाह पनि हिन्दु परम्परा अनुसार गरिएको थियो भनी बताए।

बिहान वरको रूख डलेको खबर पाउन साथ त्यस स्थानमा वरिपरिका मानिसहरू थुप्रेका थिए। पछि स्थानीय मानिसहरूको सहयोगमा जेसीपी लगाएर रूखलाई हटाउने कार्य गरियो। यी दुई रूखहरूले गाडीधुराको गरिमा बोकेको थियो भन्दै यसै स्थानमा नयाँ वरको विरूवा लगाउने जानकारी उपस्थित गाडीधुरावासीहरूले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement