एनएच १० मा पैह्रो

IMG-20230623-WA0205.jpg

हाइवे: लगातार परिरहेको पानीले आज बिहान राष्ट्रिय राजमार्ग १० अन्तर्गत बिरिक डाँड़ा नजिकको रोडमा पैह्रो गएको छ। उक्त क्षेत्रमा पैह्रो गए पनि रोड भने पूर्ण रूपमा ठप्प बनेको छैन। एकापट्टि पैह्रो गए पनि एक छेउबाट गाड़ी चलाचल भने जारी रहेको छ। एनएच १० क्षेत्र सिक्किमको लागि मुख्य रूपमा जीवन मानिन्छ भने यस क्षेत्रको रोडमा पैह्रो गएर समस्या सिर्जना हुनसक्छ। तर अहिलेसम्म यातायात व्यवस्था सुचारु नै रहेको बताइएको छ।

About Author

Advertisement