कोविड़ भारत: देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर १,६५३

IMG-20230530-WA0286.jpg

कोरोनाको ५१ नयाँ मामिला, १ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ५५ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९३,८७२ पुगेकाे छ। विगत २४ घण्टामा काेराेनाले महाराष्‍ट्र १ जनाकाे मृत्यु भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,९०३ पुगेको छ। यसरी नै यस अवधिमा ११३ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,६०,३१६ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर १,६५३ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८४,३४९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,२१,९२,०७५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४३५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,३६,१९० जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement