चिया बगानमा चितुवाको शव

IMG-20230528-WA0320.jpg

जलपाइगढी। बाग्राकोट ग्राम पञ्चायतको लिस्रिवर चिया बगानमा एउटा चितुवाको शव भेटिएको छ। बुधवार चिया बगानको चार नम्बर सेक्शनमा शव भेटिएको हो।जानकारी अनुसार, श्रमिकहरू चार नम्बर सेक्शनमा काम गरिरहेको समय मृत चितुवा देखे। घटनाको सूचना बगान प्रबन्धकको माध्यमद्वारा वन विभागको क्विक रेस्पोन्स टीमलाई दिइयो। टीमका सदस्यहरू घटना स्थलमा आएर शव पोस्टमार्टमको निम्ति पठाएको छ। वन विभागको क्विक रेस्पोन्स टीमका सदस्य ओम नारायणले भने, मृत चितुवा मादा थिइन्। पोस्टमार्टमपछि मात्र मृत्युको कारण स्पष्ट हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement