२४ घण्टापछि अधीर चौधरीले गरे धरना समाप्त

IMG-20230528-WA0320.jpg

काेलकाता। मुर्शिदाबादको बडग्यामा बीडीओ कार्यालय छेउ धरनामा बसेको प्रदेश कांग्रेस अध्यक्ष एवं लोकसभामा पार्टीका नेता अधीर रंजन चौधरीले २४ घण्टापछि आफ्नो धरना समाप्त गरेका छन्। उनले कांग्रेस उम्मेदवारको नामांकन पत्रसॅंग छेडछाड गरिएको र जानी-जानी नामांकन रद्द गर्ने प्रयास गरिएको आरोप लगाएका छन्।

मंगलवार सॉंझ चार बजी उनी धरनामा बसेका थिए। बुधवार कोलकाता हाई कोर्टले यस मामिलामा सीबीआई जॉंचको आदेश दिएको छ। यस अतिरिक्त राज्यभरि केन्द्रिय बल तैनात गर्नुपर्ने हाई कोर्टले आदेश दिएपछि उनले २४ घण्टापछि सॉंझ चार बजी आफ्नो धरना समाप्त गरे। उनले राज्यपाल डा. सीवी आनन्द बोसलाई फोन गरेर आफ्नो स्वास्थ्यको बारेमा पनि जानकारी गराएका छन्।

About Author

Advertisement