प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्यानमारा धम्की

00-1-Rashtriya-Samachar-16

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी,  केन्द्रीय गृहमन्त्री अमित शाह र बिहारका मुख्यमन्त्री नीतीश कुमारलाई ज्यानमारा धम्की दिइएको छ। बाहरी जिल्ला पुलिसलाई कुनै अज्ञात व्यक्तिले दुई पटक फोन कल गरेर यस प्रकारको धम्की दिएको छ। धम्कीपूर्ण फोन कल आउनसाथ जाँचको लागि एउटा टीम गठन गरिएको छ। कल हिस्ट्रीको माध्यमबाट आरोपीको परिचय खोलाउन जुटेको पुलिसले आरोपीको पहिचान गरिसकेको छ। उसको नाम सञ्जय वर्मा बताइएको छ। उसको परिवारले बताएअनुसार उसले रातिदेखि नै रक्सी खाइरहेको थियो। दिल्लीको मादीपुर क्षेत्रमा बस्ने सञ्जय वर्मालाई पुलिसले खोजिरहेको छ। डीसीपी हरेन्द्र सिंहले बताएअनुसार पुलिसलाई आज एकजना व्यक्तिको दुईपटक पीसीआर कल प्राप्त भयो जसमा प्रधानमन्त्री, केन्द्रीय गृहमन्त्री तथा बिहारका मुख्यमन्त्रीलाई ज्यानमारा धम्की दिइएको थियो। दिल्ली पुलिसको भनाइ छ, कल गर्ने व्यक्तिको बारेमा पत्तो लगाउनको लागि एउटा टीमलाई तैनाथ गरिएको थियो जसले उसको पहिचान गरिसकेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement