चिया कमानबाट दुई वटा हात्तीको शव उद्धार

IMG-20230621-WA0328.jpg

जलपाइगढ़ीः जलपाइगढ़ी जिल्लाको नागराकाटाको बामोङडाङ्गा चिया कमानमा एकसाथ दुई वटा हात्ती मृत अवस्थामा फेला परेको छ। बुधवार बिहान गाउँलेहरूले चिया कमानको सेक्शन नम्बर-१४ नजिक डायाना नदी छेउ दुई वटा हात्तीको शव देखेपछि वन विभागलाई सूचित गरे। सूचना पाएर वन विभागको टीमले घटनास्थलमा पुगेर पूरा मामिलाको छानबीन शुरू गरेको छ।

स्थानीय गाउँलेहरू अनुसार, मंगलवार अबेर राति चट्याङ झरेको थियो। यसपछि आज बिहान डायना नदीको छेउ दुई वटा हात्तीको शव पाइयो। चट्याङ झर्दा दुवै हात्ती मरेको गाउँलेहरूले आशंका व्यक्त गरेका छन्।

About Author

Advertisement