राभाङ बर्फुङ जीपीयूको आयोजनामा अन्तरराष्ट्रिय योग दिवस पालन

yogachojo_238

नाम्चीः राभाङ बर्फुङ ग्राम पञ्चायत एकाइको आयोजनामा ‘वसुधैव कुटुम्बकम’ को नारामा आज मानसरोवर राभाङ्ला छोजो ताल र राभाङ्ला सामुदायिक केन्द्रको प्राङ्गणमा नवौँ अन्तरराष्ट्रिय योग दिवस पालन गरियो। कार्यक्रमको उद्देश्य स्वस्थ जीवनशैली प्रवर्द्धन गर्न योगको महत्वबारे चेतना जगाउनु रहेको थियो।

कार्यक्रममा योगका साथै जुम्बा पनि गराइयो। छिरिङ कुन्छोको निर्देशनमा योग गराइयो डन्स ड्रिमर स्टुडियोका संस्थापक समीर गुरुङको निर्देशनमा जुम्बा गइराएको थियो।

कार्यक्रममा एसडीपीओ राभाङ्ला विकास तिवारीले योगको लाभमाथि प्रकाश पारेका थिए। कार्यक्रममा ग्राम पञ्चायत एकाईका सबै पञ्चायतगण, ग्राम पञ्चायतका कर्मचारीहरू, विभिन्न विभागका कर्मचारीहरु आदिको उपस्थिति रहेको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement