भारतीय अण्डर-१७ महिला टीमको तेस्रो हार

२७ जूनः यस साल ११ अक्टोबरदेखि देशमा शुरु हुने फीफा अण्डर-१७ महिला विश्व कपको तयारी गर्न इटली जाने भारतीय महिला अण्डर-१७ महिला टीमले आफ्नो तेस्रो तथा अन्तिम म्याचमा मेक्सिको अण्डर-१७ टीम विरुद्ध ०-२-ले हारको सामना गर्नु पऱ्यो। इटलीको विलेसेमा आयोजित छैटौं तोर्नेओ फिमेल फूटबल टुर्नामेण्टमा भारतीय टीम यसअघि आयोजक इटली र चिली विरुद्ध पनि पराजित भएको थियो। भारतीय टीम इटली विरुद्ध ०-७ अनि चिली विरुद्ध १-३-ले पराजित भएको थियो। आइतवार खेलिएको आफ्नो अन्तिम म्याचमा भारतीय अण्डर-१७ महिला टीमले असल प्रदर्शन गरे पनि पराजयलाई टार्न सकेन। मेक्सिकोले म्याचको दुवै हाफमा गोल गऱ्यो। विजेता टीमबाट केथरिन सिलास अनि एलिस गालेगोसले गोल गरिन्। उल्लेखनी छ, फीफा अण्डर-१७ महिला विश्व कपमा भारत ग्रुप ए-मा अमेरिका, ब्राजील र मोरक्कोसँग रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement