डिजिटल रथ बनाएर इस्कन मन्दिर पुगे सिलगढीका अभिजीत साहा

1e66e6fe-435f-466c-8032-262fed9a3adb-1024x623.jpg

सिलगढी: आज रथको डोरी नतानिकन मोबाइल ऐपको सहयोगमा रथ आफै अघि बढ्न थाल्यो। यस्तै एउटा रथयात्रा सिलगढीको सुकान्तनगर निवासी अभिजीत साहाले रथयात्राको दिन इस्कन मन्दिरमा लिएर पुगेका थिए। अभिजीत साहा पेशाले एकजना शिक्षक हुन्। तिनले डिजिटल रथ बनाएका छन् ।सो रथले आज साधारण मानिसहरू लगायत नानीहरूको ध्यान आकर्षित गर्यो। अभिजीतले यो रथ नानीहरूलाई रोबोटिक्सप्रति प्रोत्साहित गर्ने उद्देश्यले बनाएका हुन्। मोबाइलमा एउटा एपको माध्यमद्वारा रथ चलाउन साथै घुमाउन सकिन्छ। आफ्नो रथ देखाउने उद्देश्यले आज अभिजीत रथयात्रा हेर्न सिलगढीको इस्कन मन्दिरमा पुगेका थिए। इस्कन मन्दिरमा धेरैजनाले तिनको रथ हेर्नको साथै तिनको मुग्धकण्ठले प्रशंसा गर्दै धेरैजनाले डिजिटल रथको फोटो पनि खिँचेको देखियो।

About Author

Advertisement