नन्दन नीलेकणिले आईआईटी बम्बेलाई दिए ३१५ करोड़  

00-1-Nandan-Nilekani

मुम्बई/नयाँ दिल्ली: बहुराष्ट्रिय सूचना प्रौद्योगिकी सेवा कम्पनी इम्फोसिसका सहसंस्थापक तथा चेयरम्यान नन्दन नीलेकणिले भारतीय प्रौद्योगिकी संस्थान (आईआईटी) बम्बेलाई ३१५ करोड़ रुपियाँ दिएका छन्। यसपूर्व पनि उनले संस्थानलाई ८५ करोड़ रुपियाँ दान गरिसकेका छन्। नीलेकणि यूआईडीएआईका संस्थापक चेयरम्यान पनि हुन्। संस्थानद्वारा मंगलबार जारी एक बयानमा उल्लेख गरिएको छ, यो देशमा कुनै पूर्व छात्रद्वारा दिइएको सबैभन्दा ठूलो सहयोगहरू मध्ये एक हो। यस राशिबाट संस्थानमा विश्वस्तरीय आधारभूत ढाँचा तयार गर्नमा सहयोग पुग्नेछ। साथै संस्थानलाई इन्जिनियरिङ एवं प्रौद्योगिकी संस्थानहरू बीच अग्रणी बनाउनमा मद्दत पुग्नेछ।

यस अवसरमा आईआईटी बम्बेका निदेशक प्रो. सुभासिस चौधरीले भने, ‘यस दानबाट संस्थानको विकासमा तीव्रता आउनेछl’ नन्दन नीलेकणिले भने, ‘आईआईटी-बम्बे मेरो जीवनको आधारशिला रहिआएको छ। म यस प्रतिष्ठित संस्थानसितको आफ्नो सम्बन्धको ५० साल पूरा गरिरहेको छु। यस सम्बन्धलाई अघि बढ़ाउन दिएकोमा तथा भविष्यमा योगदानको लागि म आभारी छुl’ उल्लेखनीय छ, नन्दन नीलेकणि आईआईटी बम्बेका पूर्व छात्र हुन्। नीलेकणिले सन् १९७३ सालमा इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकको डिग्री हासिल गर्नका लागि आईआईटीमा प्रवेश गरेका थिए। -हिस  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *