राजगञ्जमा व्यक्तिको मृतदेह उद्धार

00-1-Chhetriya-Samachar-4

राजगञ्ज: राजगञ्जमा एकजना व्यक्तिको मृतदेह उद्धार भएको घटना राजगञ्जको माझियाली ग्राम पञ्चायतको पावनीखारी इलाकामा घटेको हो। मृतक व्यक्ति सन्न्यासीकाटा ग्राम पञ्चायतको ब्रह्मतलपाडा निवासी ३५ वर्षीय लक्ष्मीराम हेमब्रमको रूपमा चिन्हित गरिएको छ। अवैध सम्बन्धको कारण सो व्यक्तिलाई कुटेर मारेको आरोप रहेको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार लक्ष्मीराम हेमब्रमले दैनिक मजदुरको काम गर्दथे। हिजो राति तिनी पावनीखारी क्षेत्रका एउटी महिलाको घरमा पसेपछि घरका मानिसहरूले तिनलाई समातेपछि बाँधेर कुटपीट गरेको आरोप रहेको छ। आज बिहान सो घर नजिक रहेको खाली ठाउँबाट लक्ष्मीराम हेमब्रमको मृतदेह उद्धार भएको बताइएको छ। घटनापछि सो घरका मानिसहरू भागेको छ।यस घटनाको खबर पाएर राजगञ्ज थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *