नक्सलबारी: नक्सलबारीमा आज रथयात्रा उत्सव पालन गरिरहेको छ। आज रथको डोरी तानेर रथयात्रा शुरू गरियो। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष प्रमुख रूपमा उपस्थित थिए ।नक्सलबारीमा यस वर्षको रथयात्राले ६४ औं वर्षमा प्रवेश गरेको छ। प्रत्येक वर्ष झैं यस वर्ष पनि धेरै संख्यामा मानिसहरू रथयात्रा अवधि उपस्थित हुने आयोजक समितिले आशा गरेको छ। रथयात्रा सुरु हुनुअघि सिलगढी महकुमा परिषद्का सभाधिपति अरुण घोषले सडकमा झाडु लगाएर सफा गरे। यस विषयमा अरूण घोषले भने, ऐतिहासिक यस रथयात्रामा अधिक संख्यामा मानिसहरूले अंश ग्रहण गर्नेछन्। नक्सलबारी मात्र नभएर महकुमाभरि नै यो रथयात्रा सर्वश्रेष्ठ रथयात्रा हो। रथयात्रा पुजा कमिटीका सचिव विद्युत दासले बताए अनुसार रथयात्राको उपलक्ष्यमा साँझदेखि १मानिसहरूको भीड बढ्नेछ। १२० जना भोलिन्टयर तैनाथ गरिएको छ भने सीसीटीभी क्यामारा र पुलिसको विशेष नजरदारी रहनेछ यसको साथै ३०० भन्दा अधिक स्टलहरू राखिएको छ।










