नेपाल राम बिना अपूर्ण, भारत सीता बिना अपूर्ण छ: नेपालका मन्त्री किराँती

00-1-Yoga_429

काठमाडौं: नेपालका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल राम बेगर र भारत सीता बेगर अपूर्ण रहेको टिप्पणी गरेका छन्। उनले नेपाल र भारत एक आपसमा सम्बन्धित रहेको बताए। ‘हामी राम बिना अपूर्ण छौं, भारत सीता बिना अपूर्ण छ’, मन्त्री किराँतीले मंगलबार लुम्बिनीमा नवौं अन्तर्राष्ट्रिय योग दिवसमा आयोजित कार्यक्रममा भने। भारतीय चलचित्र आदिपुरुषमा सीताको जन्मस्थानबारेको संवादका कारण काठमाडौंमा भारतीय चलचित्र प्रतिबन्ध लगाइँदा मन्त्री किराँतीको महत्वपूर्ण भनाइ आएको हो।

दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउन एक आपसमा सम्बन्धित र सम्मानित रहेको विषय मनन गर्नुपर्ने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले नेपाल र भारतबीचको एतिहासिक सम्बन्ध पुनः स्थापित गरेको उनको भनाइ थियो। उनले नेपाल र भारतबीच २३ सय वर्ष अघि देखिको विशेष सम्बन्धको चर्चा गरे। कौटिल्य शास्त्रमा नेपालको उन र छाला भारत निर्यात हुने गरेको उल्लेख गरे। योग मानव कल्याणको साझा ज्ञान रहेको तर्क गरे। यसको धार्मिक महत्व पनि रहेको किराँतीको भनाइ छ। कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव पनि सहभागी थिए। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *