यूएफा यूरो कप २०२४ क्वालीफायर्स: फिनल्याण्ड र ईंग्ल्याण्डको ठूलो जीत, फ्रान्स पनि विजयी

IMG-20230620-WA0144.jpg

२० जूनः यूएफा यूरो कप २०२४ क्वालीफायर्समा शक्तिशाली ईंग्ल्याण्ड र फिनल्याण्डले ठूलो अन्तरले जीत हासिल गऱ्यो। यसको विपरीत फ्रान्सले चाहिँ म्याच जित्न निक्कै मेहनत गर्नु पऱ्यो। गत वर्ष फिफा वर्ल्ड कपमा उपविजेता रहने फ्रान्सले ग्रुप बी-को म्याचमा ग्रीसलाई १-०-ले पराजित गऱ्यो। म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेले पनि फ्रान्सले एकमात्र गोलको निम्ति निक्कै मेहनत गर्नु पऱ्यो। स्टार स्ट्राईकर कीलियन एम्बाप्पेले ५५औं मिनटमा पेनल्टीबाट गरेको गोलले फ्रान्सलाई जीत दिलायो। ग्रीसका खेलाड़ी कन्स्टानटिनोस मावरोपानोसलाई ६९औं मिनटमा रेड कार्ड देखाइयो। यस जीतपछि फ्रान्स ४ वटा म्याचमा १२ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो जबकि ग्रीस ६ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। यस ग्रुपको अन्य एउटा म्याचमा आयरल्याण्डले जिब्राल्टरलाई ३-०-ले पराजित गऱ्यो।
ग्रुप सी-मा ईंग्ल्याण्डले नर्थ मेसिडोनियालाई ७-०-ले पिट्यो। विजेता टीमबाट म्याचमा बुकायो साकाले ह्याट्रिक गरे। उनले ३८औं, ४७औं र ५१औं मिनटमा गोल गरे। यसबाहेक कप्तान हेरी केनले पनि २ गोल गरे। अरू दुईवटा गोल मार्कस रासफोर्ड र काल्विन फिलिप्सले छिराए। यस एकतर्फी जीतपछि ईंग्ल्याण्ड १२ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। ग्रुपको अन्य एउटा म्याचमा युक्रेनले माल्टा विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। युक्रेन ६ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। यसरी नै ग्रुप एच-को म्याचमा फिनल्याण्डले सान मारिनोलाई सजिलैसँग ६-०-ले पराजित गऱ्यो। विजेता टीमबाट डेनिएल हाकान्सले ह्याट्रिक गरे। उनले ६५औं, ७२औं र ७४औं मिनटमा गोल गरे। ग्रुपमा फिनल्याण्ड ४ वटा म्याचमा ९ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। यस ग्रुपमा डेनमार्क र स्लोवेनियाबीचको म्याच १-१-ले ड्र रह्यो। यसरी कजाखस्तानले नर्दर्न आयरल्याण्डलाई १-०-ले पराजित गऱ्यो। ग्रुप एच-मा कजाखस्तान ९ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ।
ग्रुप आई-मा स्विट्जरल्याण्ड र रोमानियाबीच खेलिएको म्याच २-२-ले ड्र रह्यो।

ग्रुपमा स्विट्जरल्याण्ड १० पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। यसरी दोस्रो स्थानमा रहने रोमानियासँग ८ पोइण्ट्स रहेको छ। यस ग्रुपमा इज्रायलले एण्डोर्रालाई २-१-ले पराजित गऱ्यो। यसबीच ग्रुप डी-मा तुर्कीले वेल्सलाई २-०-ले पराजित गऱ्यो। वेल्सको यूरो कप क्वालीफायर्समा यो लगातार दोस्रो हार हो। तुर्की अहिले ९ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ। यस ग्रुपको अन्य एउटा म्याचमा अर्मेनियाले लात्वियालाई २-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement