रेकर्ड २००औं अन्तर्राष्ट्रिय म्याच खेल्ने संघारमा क्रिस्टियानो रोनाल्डो

IMG-20230620-WA0126.jpg

२० जूनः पोर्तुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो अझ एउटा विश्व रेकर्ड बनाउने संघारमा छन्। मंगलवार आइसल्याण्ड विरुद्ध यूएफा यूरो कप क्वालीफायर्सको निम्ति मैदानमा ओर्लिनको साथै रोनाल्डोले त्यस खास उपलब्धिलाई हासिल गर्नेछन्। वास्तवमा आइसल्याण्ड विरुद्ध म्याच रोनाल्डोको करियरको २००औं अन्तर्राष्ट्रिय म्याच हुनेछ अनि यस्तो गर्ने उनी विश्वका पहिलो फूटबलर बन्नेछन्। यसअघि कुनै पनि फूटबलरले यस्तो गर्न सकेका छैनन्। यस मामिलामा अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सी पनि रोनाल्डोभन्दा धेरै पछि रहेका छन्। ३८ वर्षीय रोनाल्डोले पोर्तुगलको निम्ति अहिलेसम्म १९९ वटा अन्तर्राष्ट्रिय म्याच खेलेर रेकर्ड १२२ गोल गरेका छन्। अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोलको रेकर्ड पनि उनकै नाममा रहेको छ। सर्वाधिक अन्तर्राष्ट्रिय म्याच खेल्नेहरूका सूचीमा कुवैतका बदर अल मुतावा दोस्रो स्थानमा रहेका छन्। उनले १९६ वटा म्याच खेलेका छन्। मेस्सी १७५ वटा म्याचको साथ लिस्टमा ११औं स्थानमा रहेका छन्। यसरी नै भारतीय फूटबल टीमका कप्तान सुनिल छेत्रीले १३७ वटा म्याच खेलेका छन्। अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोलको मामिलामा रोनाल्डोपछि ईरानका पूर्व फूटबलर अली डेईको नाम रहेको छ। उनले १४८ वटा म्याचमा १०९ गोल गरेका थिए। रोनाल्डोले गत वर्ष फिफा वर्ल्ड कपको अवधि नै त्यस रेकर्डलाई तोड़ेका थिए। यसरी सुनिल छेत्रीले अहिलेसम्म अन्तर्राष्ट्रिय फूटबलमा ८७ गोल गरेका छन्। रोनाल्डोले यस साल लिस्टेंस्टीन विरुद्ध मार्चमा आफ्नो १९७औं म्याच खेलेर बदर अल मुतावाको रेकर्ड तोड़ेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement