रोडको जीर्णावस्थाले गर्दा स्थानीयहरू मिलेर सामाजिक कार्यद्वारा मालुटार चियाबारी जाने रोड मरमत्ति

IMG-20230619-WA0352.jpg

खरसाङ: केही दिनदेखि लगतार रूपमा परिरहेको पानीले खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार क्षेत्रको कोठीडाँड़ा, गोदामधुरा हुँदै गैरी गाउँसम्म जाने बाटोको हालत अत्यन्तै खराब बनेको छ। यतिसम्म खराब कि एउटा गाड़ी कुदाउन पनि स्थानीयहरू मिलेर डोरी लगाएर तान्नु पर्ने अवस्था छ। बाटोको खराब अवस्थाको कारणले मालुटार चियाबारीको कोठीडाँड़ा र गोदामधुरा गाउँको गाउँलेहरू मिलेर सामाजिक कार्य गर्दै मरमत्ति गर्ने कार्य गरेका छन्। बाटोको खराब अवस्था हुँदा दुवै गाउँ मिलेर गाउँलेहरुले यसरी मरमत्तिको कार्य गरेका छन्। यस काममा हिलो भएको ठाउँमा ढुङ्गा छापेर जसो तसो गाड़ी हिँड़ने गाउँलेहरु आफै मिलेर बनाएका छन्। मालुटार चियाबारीको यी गाउँहरू पुग्ने बाटो गाउँलेहरू आफैले मरमत्ति गरिरहेका छन्। मालुटारको यो रोड अब आउने नयाँ पञ्चायत सदस्य र पञ्चायत समितिको प्रतिनिधिले समाधान गरिदिने आशा स्थानीयहरूले राखेका छन्।

यसको साथै स्थानीयहरूले यो रोडलाई सम्बन्धित विभागले बनाई दिए धेरै आभारी हुने पनि बताएका छन्। स्थानीय धेरै गाउँहरू मिलेर बाटोमा ढुंगा बिछ्याउने कार्य गरेका छन् ताकि गाड़ीहरू कुद्न केही सुविधा होस्। उक्त बाटोको मरमत्ति कार्यको लागि एक एक पिकअप ढुङ्गा साथै उक्त ढुङ्गा बोक्ने गाड़ी दिएर सहयोग गर्ने प्रनिल सुब्बा र ढुङ्गा दिनेहरुमा दावा तामाङ, सन्जिव सुब्बा साथै प्रदिप तामाङ र कुमार छेत्रीलाई गाउँलेहरुले धन्यवाद दिएका छन्। यो रोडको मरमत्ति कार्य गर्नलई दुईवटा गाउँहरू मिलेर अघि आएका थिए। यो रोड मरमत्ति विषयमा पत्रकारहरूसित कुराकानी गर्दै स्थानीय गाउँलेहरूले असारको पानीले सिमिरिङदेखि मालुटार जाने लिंक रोडको अवस्था अति जीर्ण बनेपछि स्थानीय दुईवटा गाउँहरूका गाउँलेहरूले बाटोको अवस्था खराब बनेपछि स्थानीय गाउँलेहरू मिलेर सामाजिक कार्य गर्दै सबै मिलेर मरमत्ति गरेको बताएका छन्।

उनीहरूले बताए अनुसार यो बाटो चाढ़ै बनियोस् र स्थनीयहरूले सुविधा होस् भनी कामना गरेका छन्। बाटोको खराब अवस्थाको कारणले स्थानीयहरू एक आपसमा मिलेर सामाजिक कार्य गर्दै मरमत्ति गरेका छन् भने सबैले यस रोडको मरमत्तिको लागि आशा राखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement