मिरिक महकुमामा स्क्रूटिनीपछि मोठ २३६ उम्मेदवार चुनाउ मैदानमा

00-1-Chhetriya-Samachar-4

मिरिक: आगामी ग्राम पञ्चायत चुनाउमा मिरिक महकुमाको ६ वटा ग्राम पञ्चायतको ६२ वटा पञ्चायत सदस्यको आसनमा १९२ जना अनि १५ वटा ग्राम पञ्चायत समिति आसनको लागि ४४ जना उम्मेद्वारहरू माझ प्रतिस्पर्धा हुने भएको छ। तथापि नामाङ्कन पत्र फिर्ता लिइने अन्तिम दिन २० जुनको अपरान्ह तीन बजीसम्म रहेको छ।आगामी ८ जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय पञ्चायत चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा र तृणमूल काङ्ग्रेसले आपसी तालमेल राखेर उम्मेद्वारहरू चुनाउ मैदानमा खडा गरेको छ भने अर्कोतिर, संयुक्त गठबन्धन अनि निर्दलिय प्रार्थीहरू पनि चुनाउ मैदानमा उत्रिएको छ। यद्यपि कुन संसदमा कुन कुन प्रार्थीमाझ प्रतिद्वन्दिता हुनेछ भन्ने कुरा नामाङ्कन पत्र फिर्ता लिइने अन्तिम दिन पछि मात्र थाहा लाग्नेछ। यता, मिरिक महकुमा शासक सुदीप्त देवनाथ अनि मिरिक खण्ड विकास अधिकारी श्रेयाश्री माइतीले बताए अनुसार मिरिक महकुमाको ६ वटा ग्राम पञ्चायतमा नै सम्बन्धित निकायको निर्देश अनुसार सबै काम कुरो नियमलाई हामी पालन गरेर भइरहेको छ। हालसम्म मिरिकमा चुनाउलाई लिएक कुनै प्रकारको अशान्ति नभएको तिनीहरूले जानकारी गराउँदै पञ्चायत चुनाउलाई निष्पक्ष तथा पारदर्शी रूपमा सम्पन्न गराउन विभाग तयार रहेको बताएका छन्।

About Author

Advertisement