गान्तोकः भारतीय जनता पार्टी (भाजपा) को सिक्किम प्रदेश अध्यक्ष एवं अप्पर बुर्तुकका विधायक डीआर थापाले लोवर लुइङको भ्रमण गरि अबिरल वर्षाले पुर्याएको क्षतिको जायजा लिएका छन्। प्रदेश भाजपाद्वारा जारी विज्ञप्ति अनुसार, अबिरल वर्षाले गए राति लोवर लुइङका डीबी गुरूङ, ओमनाथ पान्डे र छबि दाहालको घरलाई क्षतिग्रस्त बनाएको छ। विधायक थापाले प्रभावित घरहरूको भ्रमण गरेर क्षय-क्षतिको आकलन गरेको बताइएको छ।