गान्तोक: आगामी २३-२५ जूनसम्म पुणेमा आयोजना हुने द ग्रेट मावला घाटी अल्ट्रा ट्रेल रन-को निम्ति राज्यका तीन धावक आज पुणे प्रस्थान गरेका छन्। द जम्पिङ गोरिला माउन्टेन ट्रेल रन रेस इन्डियाको पहलमा आयोजना हुने उक्त प्रतियोगितामा राज्यबाट प्रितम राई, अर्जुन खतिवडा र निमलाङ लिम्बूले सहभागी जनाउने म्याराथन म्यान अमर सुब्बाले जानकारी गराएका छन्। उनले थप जानकारी गराए अनुसार प्रितम राईले १६१ किलोमिटरको दौडमा अंशग्रहण गर्ने भएका छन् भने सोही प्रकारले अर्जुन खतिवडाले ७५ किलोमिटर र निमसाङ लिम्बूले ५० किलोमिटरको दौडमा सहभागिता जनाउने छन्। उल्लेखनीय छ, आज पुणे प्रस्थान गर्ने यी तीनजना धावकहरूले म्याराथनम्यान अमर सुब्बाको अधिनस्थ प्रशिक्षण लिइरहेका छन्।










