भुवनेश्वर: पुरीमा श्रीगुंडिचा रथ यात्राको एक दिनपूर्व सोमबर महाप्रभु श्रीजगन्नाथले भक्तहरूलाई नवयौवनको भेषमा दर्शन दिए। आज बिहान ६:१० बजे मंगल आरती सम्पन्न भयो। त्यसपछि मइलम, अवकाश, दश अवतार (बाहुडा नीति) सम्पन्न भयो। बिहान ८ बजेदेखि महाप्रभुले भक्तहरूलाई नवयौवन भेषमा दर्शन दिए। लाखौं श्रद्धालुहरूले आज महाप्रभुको नवयौवन भेषमा दर्शन गरे। श्रद्धालुहरू सिंहद्वार भएर मन्दिरमा प्रवेश गरे भने महाप्रभुको दर्शन गरेपछि उत्तर द्वार भएर प्रस्थान भए। भक्त एवं श्रद्धालुहरूको अत्यधिक संख्यालाई ध्यानमा राखेर प्रशासनद्वारा सुरक्षाको कड़ा प्रबन्ध गरिएको छ। विभिन्न स्थानहरूमा सीसीटीभी जड़ान गरिएकोछ। मंगलबार रथयात्रा आयोजन हुनेछ। यसदिन महाप्रभु श्रीजगन्नाथले बलभद्र र देवी सुभद्रासित रत्न सिंहासन छोड़ेर रथहरूको माध्यमबाट आफ्नी जन्मवेदी छ्यामा माताको मन्दिरसम्म यात्रा गर्छन्। -हिस