कोविड़ भारत: देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर १,८४४

IMG-20230530-WA0286.jpg

कोरोनाको ३६ नयाँ मामिला, १ जनाकाे मृत्य

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९३,५७९ पुगेकाे छ। विगत २४ घण्टामा काेराेनाले १ जनाकाे मृत्यु दर्ता भएकाे छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८९७ पुगेको छ। यसरी नै यस अवधिमा १७८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५९,८३८ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर १,८४४ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ६३,५१५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१९,२८,१५४ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ३८७ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,३४,६११ जनाले यो खोप लगाइसकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *