हल्का वर्षापछि पश्चिम बंगालमा गर्मीबाट राहत

rains-copy-1

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकातालगायत राज्यका अन्य ठाउॅंहरूमा हल्का वर्षापछि गर्मीबाट राहत प्राप्त भएको छ। मौसम विज्ञान विभागले सोमबार बिहान जारी गरेको बयानअनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम २९.९ डिग्री सेल्सियस रेकर्ड गरियो जुन सामान्यभन्दा तीन डिग्री सेल्सियस धेरै हो। अधिकतम तापक्रम ३२.९ डिग्री सेल्सियस छ जुन सामान्यभन्दा एक डिग्री सेल्सियस कम हो। हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ासहित राज्यका अन्य ठाउॅंहरूमा पनि तापक्रममा कमी दर्ता गरिएको छ। विभागअनुसार, यो हप्ता बिहिवारसम्म यस्तै मौसम रहनेछ। तापक्रममा ह्रास कायम रहनेछ र लगातार हल्का पानी परिरहने छ। जून महिनाको अन्तसम्म मनसून प्रवेश गर्नेछl –हिस

About Author

Advertisement