मेक्सिको सिटी: मध्य मेक्सिकोको तटमा आज अबेर राति लगभग २ बजे भूकम्पको शक्तिशाली झट्का महसुस गरियो। रेक्टर स्केलमा भूकम्पको तीव्रता ६.३ रह्यो। उक्त जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो। गत महिना पनि मेक्सिकोमा भूकम्पको तीव्र झट्का महसुस गरिएको थियो। २५ मईमा पनामा-कोलम्बिया सीमाको क्यारेबियन सागर नजिक भूकम्पको झट्का महसुस गरिएको थियो। यसको तीव्रता रिक्टर स्केलमा ६.६ थियो। यसरी नै १८ मईमा आएको भूकम्पको तीव्रता ६.४ थियो। भूकम्पको केन्द्र क्यानिला, ग्वाटेमालाको नगरपालिकादेखि दक्षिण पूर्वमा थियो। -हिस










