गोरुबथान: बाल श्रम विरुद्धको विश्व दिवस सप्ताहको रूपमा गत १२ जुनदेखि १८ जुन २०२३ सम्मको सप्ताहव्यापी रूपमा करितस् इंडिया एवं अनुज्ञालय संस्थाको आयोजनामा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन कार्यपाल अनित थापाको सहमत एवं सल्लाह अनुरूप वहाँको पक्षबाट एक अपील पत्र जारी गरियो जसमा मुख्य कार्यपालद्वारा, सम्पूर्ण जिटिए क्षेत्रको बासिन्दाहरुलाई अपील गर्दै कुनै पनि १८ वर्षभन्दा कम उमेरका बाल – बलिकहरुसित बाल श्रम नगराई दिने अनुरोध गरे। यस्तो कार्य गरेको खण्डमा बाल श्रम (निषेध र अधीनियम)संशोधन २०१६ अन्तर्गत दुई वर्ष कारावास एवं ५०००० जरिमाना हुने विशेषमा लिखित अपील पत्र दार्जिलिङ शहरदेखि दार्जिलिङ पोख्रेबोङ एवं गोरुबाथनको ४३ नम्बर समष्टिको विभिन्न होमस्टे, होटल, गरेज, ग्रिल वर्कशप इत्यादि दोकान एवं व्यापारको क्षेत्र उक्त अपील पत्र वितरण गर्दै १८.०६.२०२३ सभासद श्रीमान रतन थापाले बाल श्रम विरुद्धको विश्व दिवस सप्ता ओसारमा ४३ नम्बर संस्टि पनि उक्त अपिललाई पालन गरिदिने १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई बाल श्रम नगराई दिने भन्दै सप्तवापी कार्यक्रमलाई समाप्त गरे।
गोरुबथानको सुन्तले, सोमबारे बाजार, दलिम टार, सेरमाली, झण्डी, साथै लाभाको होटल, होमस्टे, गरेज, फस्फुट, रेस्टुेन्ट, हार्डवेर, ग्रील वेल्दिङ वर्कशप अघि स्थानहरू उक्त अपील पत्र वितरण गरियो।