गान्तोकः सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, उपाध्यक्ष साङ्गे लेप्चा र विधानसभाका सदस्यहरूको टोली मुम्बईमा १५ देखि १७ जूनसम्म आयोजित प्रथम राष्ट्रिय विधायक सम्मेलनमा सहभागी बने। यस टोलीमा विधायक आदित्य गोले, विधायक बीके खतिवडा, विधायक एम प्रसाद शर्मा, विधायक सुनीता गजमेर र विधानसभाका अधिकारीहरू पनि सामेल थिए। १५ जूनका दिन अध्यक्ष उप्रेती विधानसभा अध्यक्ष र विधानमण्डलका अध्यक्षहरूको सम्मेलनमा सहभागी बने। उक्त सम्मेलन लोक सभाका पूर्व अध्यक्षहरू सुमित्र महाजन, डा. मिरा कुमार र शिवराज पाटिलको अध्यक्षता सम्पन्न गरिएको थियो।
१६ जूनका दिन प्रथम राष्ट्रिय विधायक सम्मेलनको उद्घाटन लोक सभा अध्यक्ष ओम बिरलाले गरेका थिए। १७ जूनका दिन सिक्किमका प्रतिनिधिहरू पूर्ण सत्रमा सहभागी बने। सम्मेलनलाई विशेष अतिथि सीटीएका पूर्व प्रधानमन्त्री लोब्साङ साङ्गे, सामाजिक कार्यकर्ता वृन्दा करात, पूर्व उपराष्ट्रपति एम. वेंकैया नायडु, पूर्व लोक सभा अध्यक्ष डा. मिरा कुमार, एनएलसीका संयोजक राहुल वी. कराड आदिले सम्बोधित गरेका थिए। दोस्रो राष्ट्रिय विधायक सम्मेलन २०२४ गोवामा हुने बताइएको छ।
-हिस