बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टमा गुञ्जमान एफसी कोठीडाँडा बिजयी

IMG-20230618-WA0264.jpg

खरसाङ: खरसाङको तीनधारे महानदी समष्टिभित्र पर्ने सिविटारको बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्ट अन्तर्गत आईतबार भएको खेलमा सिविटार कोठीडाँडाको गुञ्जमान एफसी बिजय भएको छ। गत १० जूनदेखि बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टमा अहिलेसम्म १५-२० वटा टिमहरू आएर खेल भईसकेको छ। आईतबार भएको खेल गुञ्जमान एफसी कोठीडाँडा र तीनधारेमाझ सम्पन्न भएको थियो। उक्त खेलको पहिलो हाफमा गोलरहित बराबरीमा समाप्त भएको थियो। तर दोस्रो खेलमा भने लगातार अन्तरालमा गोल भएको थियो। दोस्रो हाफमा गुञ्जमान एफसी कोठीडाँडाले ४-१ को अन्तरले सजिलै खेल जितेको थियो। यस खेलमा निर्णायकको रूपमा कृष्ण लामा रहेको थिए भने सह निर्याणकको रूपमा बिजय खाती र संगीत तामाङ रहेका थिए। दोस्रो खेलमा भने सिमरिङ र सिपाहीधुरामाझ सम्पन्न भएको थियो। तर सिपाहीधुरा अनुपस्थित रहेको कारणले सिमरिङ बिजय भएको थियो। अब अघिल्लो खेल आगामी शनिबार र आईतबार हुने भएको छ। बाघमारा युउथको आयोजनामा बाघमारा बस्तीमा भईरहेको मिनी पोष्ट फुटबल टुर्नामेन्टको विषयमा आयोजक समितिको पक्षबाट रोहण लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले जानकारी गराए अनुसार अहिलेसम्म २० वटा जस्तो विभिन्न क्षेत्रहरूबाट फुटबल टिमहरू आएर पनि खेलिसकेको र अझैं टिमहरू आईरहेको उनले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement