रंगमुक चन्द्रमानधुरा चिया कमानमा स्वास्थ्य शिविर सम्पन्न

IMG-20230618-WA0267.jpg

सोनादा: सोनादा रंगमुक चन्द्रमानधुरा चिया कमानमा स्वनिर्भर दलहरूका आयोजनामा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ। उक्त नि:शुल्क स्वस्थ्य जाँच शिविर सुम्निमा स्वनिर्भर दल, गोदावरी स्वनिर्भर दल र मखमली स्वनिर्भरको विशेष पहलमा आयोजना गरिएको थियो।चन्द्रमानधुरा नर्सरी स्कूलमा आयोजना गरिएको स्वास्थ्य जाँच शिविरमा विशेष गरी आँखाको जाँच, सुगर, प्रेसर र अन्य रोगहरूका जाँच गरिएको थियो। यस अन्तर्गत डाक्टरको विशेष देख – रेखमा ३८ जनाले आफ्नो स्वास्थ जाँच गराएका थिए। उक्त स्वस्थ्य जाँच शिविरमा दबाईहरु पनि वितरण गरिएको थियो भने सबै दबाईहरू गाउँका समाजसेवी बानु क्षेत्रीले व्यवस्था गरिदिएका थिए भनी जानकारी प्राप्त भएको छ।

About Author

Advertisement