सिविक भोलेन्टियरको घरमा हात्तीको हमला, भाग्यले बाचे

00-1-Chhetriya-Samachar-3

जलपाइगढ़ीः सिविक भोलेन्टियरको परिवार हात्तीको हमलाबाट भाग्यले बाचेका छन्। तर हात्तीको हमलामा घर क्षतिग्रस्त भएको छ। घटना आइतवार बिहान मटेली प्रखण्डको महाबाडी बस्तीमा घटेको हो।

स्थानीय सूत्रहरू अनुसार, चापरामारी जंगलबाट एउटा हात्ती बिहानै निक्लिएर महाबाडी बस्तीमा प्रवेश गऱ्यो। हात्तीले स्थानीय सिविक भोलेन्टियर बिकास राउतको घरमा हमला गऱ्यो। भित्ता झरेको आवाज सुनेपछि बिकास आफ्नी पत्नी र नानीलाई लिएर घरबाट बाहिर निक्लिए।

हात्तीको हमलामा घरलाई निकै क्षति पुगेको छ। सूत्रहरू अनुसार, सिविक भोलेन्टियरको घरमा यस भन्दा पहिले पनि हात्तीले हमला गरेको थियो। घटनापछि पीडित राउतले वन विभागसॅंग क्षतिपूर्तिको निम्ति माग गरेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement