हात्तीको हमलामा आठ घर क्षतिग्रस्त, एकको मृत्यु

00-1-Chhetriya-Samachar-3

अलिपुरद्वारः अलिपुरद्वार जिल्लाको चिन्चुला चिया बगान क्षेत्रमा जंगली हात्तीको हमलामा एक व्यक्तिको मृत्यु भएको छ। मृतक व्यक्तिको नाम रञ्जीत उरांव हो।

जानकारी अनुसार, गए राति जंगली हात्तीको एक हुल चिन्चुला चिया बगानमा प्रवेश गऱ्यो। हात्तीले क्षेत्रमा निकै उत्पात मचाए र आठ घरलाई निकै क्षतिग्रस्त बनाए। बिहान चिन्चुला चिया बगानको तीन नम्बर लाइनमा जंगली हात्तीले रञ्जीत उरांवको घरमा हमला गऱ्यो। हात्ती देखेपछि रञ्जीत घरबाट बाहिर निक्लिने प्रयास गरे तर उनी हात्तीको हमलामा गम्भीर रूपमा घाइते भए। ग्रामीणहरूले उनलाई लताबाडी अस्पताल लिएर गए जहॉं चिकित्सकहरूले मृत घोषित गरिदिए।

-हिस

About Author

Advertisement