स्वतन्त्रता आन्दोलनमा नेताजीको संघर्षमाथि लेखिएको पुस्तक ‘अंडमान में नेताजी’ को विमोचन

00-1-Rajya-Samachar-6

कोलकाताः स्वतन्त्रता प्राप्तको निम्ति नेताजी सुभाष चन्द्र बोसको संघर्षमाथि लेखिएको पुस्तक ‘अंडमानेर नेताजी’ को विमोचन भएको छ। स्वतन्त्र भारतको पहिलो अन्तरराष्ट्रिय स्तरमा मान्यताप्राप्त आजाद हिन्द सरकार गठन गर्ने नेताजी सुभाष चन्द्र बोसले भारतमा ब्रिटिश सत्ताको हस्तान्तरणभन्दा धेरै अगाडि ३० दिसम्बर, १९४३ मा अन्डमानको पोर्ट ब्लेयरमा तिरंगा ध्वज फहराएका थिए। नेताजी त्यस दिन मातृ शोकमा थिए तर अन्डमान र निकोबार द्वीप समूहको नाम शहीद र स्वराज द्वीपको नाममा राखिएको थियो।

इन्डियन इन्डिपेन्डेन्स लीग र आजाद हिन्द सरकारको प्रशासनलाई त्यस समय जुन प्रतिकूल परिस्थितिहरूको सामना गर्नु परेको थियो, त्यसमाथि पहिलो शोध आधारित पुस्तक ‘अंडमानेर नेताजी’ आधिकारिक रूपमा दीप प्रकाशन थिएटर, कलेज स्ट्रीट कफी हाउसमा विमोचन गरियो। पुस्तकका लेखक नेताजी विशेषज्ञ डा. जयन्त चौधरी हुन्। कार्यक्रममा जादू सम्राट पीसी सरकार जूनियर, बांग्लादेशकी शोधकर्ता र भारतमा नेताजी जयन्ती मनाउन गठित प्रधानमन्त्रीको उच्च शक्ति सिमतिका सदस्य एम. अशरफुल इस्लाम, दीप प्रकाशनका सीईओ सुकन्या मण्डल, कल्पना मण्डल आदि उपस्थित थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement