झारखण्डः कक्षा ८ सम्मका सबै स्कूल अब २१ जूनसम्म बन्द रहने

00-1-Rajya-Samachar-6

राँची: झारखण्डका सबै स्कूलहरूलाई अब २१ जूनसम्म बन्द राख्ने आदेश जारी गरिएको छ। यस सम्बन्धमा झारखण्ड सरकारको स्कूल, शिक्षा एवं साक्षरता विभागले आइतबार अधिसूचना जारी गरेको छ।
आदेशमा भनिएको छ, अत्याधिक गर्मी र लूलाई ध्यानमा राख्दै राज्यमा संचालित सबै सरकारी, गैर सरकारी सहायता प्राप्त र गैर सहायता प्राप्त अल्पसंख्यकसहित सबै निजी विद्यालयहरूमा कक्षा केजीदेखि कक्षा आठसम्मका विद्यालय २१ जूनसम्म बन्द रहनेछन्। कक्षा ९ देखि १२ सम्मका कक्षाहरू बिहान ७ देखि ११ बजेसम्म संचालित हुनेछन्।
उल्लेखनीय छ, यसअघि ११ जूनमा आदेश जारी गरेर १४ जूनसम्म सबै स्कूलहरूलाई बन्द गर्ने आदेश दिइएको थियो। फेरि १४ जूनमा संशोधित गर्दै १७ जूनसम्म स्कूल बन्द गरिएको थियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement