हावड़ामा घरमा भेटियो जाली नोट छाप्ने कारखाना, दुई जना पक्राउ

fake-note.jpg

कोलकाता: पश्चिम बंगालको राजधानी कोलकाता नजिक हावड़ा जिल्लामा एउटा घरमा जाली नोट छाप्ने कारखाना भेटिएको छ। यस घरमा राज्य सीआईडीको स्पेशल अपरेशन ग्रुप (एसओजी)ले छापा मारेको थियो। एसओजीले यस सम्बन्धमा १९ वर्षीय शेख समीर र २२ वर्षीय शेख आरिफलाई पक्राउ गरेको छ। दुवै हावड़ा ग्रामीण क्षेत्रको बाउरिया थाना क्षेत्र निवासी रहेको बताइएको छ।
सीआईडीका अनुसार, आज बिहान आरोपीहरूबाट पाँच सय रुपियाँको जाली नोट तीन लाख रूपियाँ बरामद गरिएको छ। आरोपीहरूलाई बाउरिया बस स्ट्याण्डबाट नजिक आज दिउँसो हिरासतमा लिइयो। दुवै आरोपीलाई छानबिन गर्दा जाली नोट बरामद गरिएको छ। दुवैलाई स्थानीय थानामा लगेर सोधपुछ गरिएको छ। शेख समीरले जाँच अधिकारीहरूलाई आफूले घरबाटै जाली नोट छाप्ने गरेको बताए। त्यहाँबाट ल्यापटप, प्रिन्टर, स्याकनर र लेमिनेशन मशीन बरामद गरिएको छ।

About Author

Advertisement