सिलगढी: सिलगढीमा रथखोला स्पोर्टिङ क्लबद्वारा रथयात्रा महोत्सव आयोजना गरिएको छ। जून २० देखि २८ सम्म रथयात्रा महोत्सव आयोजना गरिएको छ। शनिबार सिलगढीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका सदस्यहरूले महोत्सवको ७४औँ संस्करणमा जगन्नाथ, बलराम र सुभद्राका रथले नगर परिक्रमा गर्ने बताए । रथखोला मैदानमा रथयात्रा मेला पनि लाग्ने भएको छ ।