खरसाङ: आज २६ जूनको दिन भईरहेको जीटीए चुनावमा एकजना १०० वर्ष पुग्न लागेका वृध्दले पनि भोट हालेका छन्। खरसाङको तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने सिविटार चियाबारीको सरस्वती प्राथमिक पाठशालामा लगभग १ देखि २ किलोमीटरसम्म पैदल नै आएर आफ्नो भोट हालेका छन्। उनी सिविटारको बाघमारा बस्ती निवासी चन्द्रवीर लामा ( स्याङदेन म्हेम्हे) हुन्। उनी अहिले ९९ वर्ष पुगेका छन् भने अबको केही महिनामा १०० वर्ष पुग्ने जानकारी प्राप्त भएको छ। उनले पनि आएर जीटीए चुनावमा भोट हालेका छन्।